विश्वप्रकाशले भने- प्रश्न कांग्रेस कस्तो बन्ने र नेता को बन्ने भन्ने होइन

फाइल फोटो।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस कस्तो बन्ने भन्दा पनि समाजको असन्तुष्टिको कारण खोज्नुपर्ने र यसका लागि कांग्रेस महासमिति बैठकले यी प्रश्नहरुको जवाफ दिनसक्ने बताएका छन्।

कांग्रेसका देउवाइतर नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा अनुपस्थित रहने भएका शर्माले कांग्रेस कस्तो बन्ने र कांग्रेसमा को बन्नेभन्दा पनि महत्वपूर्ण प्रश्न समाजमा देखिएको असन्तुष्टि रहेको बताए।

उनले सामाजिक सञ्जालमा मंगलबार लेखेका छन्, ‘‘समाजमा किन असन्तुष्टि छ?, हामी त्यसमा कति दोषी छौं? वितृष्णा चिर्दै नवीन आशा र नयाँ विश्वासको लहर सिर्जना कसरी गर्न सकिन्छ, महासमिति बैठकमार्फत यी प्रश्नको निरूपणले देश र कांग्रेसलाई पनि मार्ग दिन्छ।’

शर्माले आफू महासमिति बैठककै तयारीमा जुटेको पनि बताएका छन्।

कांग्रेस नेता कोइरालाले उनको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार बोलाएको बैठकमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियारलगायतका नेताहरु पुगिसकेका छन्।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्