शेखर पक्षको बैठक सुरु

कोइरालाले मंगलबार दिउँसो आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा कांग्रेस नेताहरुको बैठक बोलाएका छन्।

बैठकमा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने अनुपस्थित हुने भएका छन्। अर्का कांग्रेस युवानेता प्रदीप पौडेल पनि बैठकमा अनुपस्थित रहने भएका छन्।

निकट एक नेताका अनुसार शर्मा बैठकमा नजाने भएका हुन्। कोइरालाको कार्यशैलीप्रति गुनासो भएका कारण उनी बैठकमा उपस्थित नहुने ती नेताले जानकारी दिए।

नेता पौडेल भने मंगलबार नै चीन जाने भएकाले बैठकमा सहभागी नहुने भएका हुन्।

बैठकमा सहभागी हुन सहमहामन्त्री बद्री पाण्डे, नेता दिलेन्द्र बडु, सहमहामन्त्री जीवन परियारलगायत नेता पनि कोइरालाको सम्पर्क कार्यालय बालुवाटार पुगिसकेका छन्।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्