१९ औँ एसियाली खेलकुदः पुरुष भलिबलको पहिलो खेलमा नेपाल बहराइनसँग पराजित

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष भलिबल टोली बहराइनसँग ३–१ को सेटमा पराजित भएको छ। पहिलो सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाउन पुगेपछि पराजित भयो। एसियाडअन्तर्गत समूह ‘बी’को खेलमा बहराइनले २०–२५, २५–२०, २५–१८ र २५–१५ को सेटमा नतिजा आफ्नो पक्षमा पारेको हो।

एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन २३ सेप्टेम्बरबाट हुँदैछ। यद्यपि प्रतियोगिताको उद्घाटन अघि नै केही खेलहरु भने सुरु भएका छन्। आजबाट टिम इभेन्टका खेलका रुपमा रहेका भलिबल, फुटबल र क्रिकेटको प्रारम्भिक खेलहरु सुरु हुँदैछन्।

चाइना टेक्स्टाइल सिटी स्पोर्ट सेन्टरको (सिएक्ससी)को जिम्न्याजियममा भएको खेलमा बलियो मानिएको बहराइनसँग पहिलो सेट रोमाञ्चक रुपमा आफ्नो पक्षमा पारे पनि त्यसपछि नेपाल लगातार कमजोर देखियो।

अब नेपालले समूहको दोस्रो तथा अन्तिम खेल बुधबार एसियन पावर हाउस इरानसँग खेल्ने छ। महिला भलिबलमा भने नेपालले ३० सेप्टेम्बरमा भियतनामसँग प्रतिस्पर्धा गर्नेछ

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्