संविधान कार्यान्वयनमा दलहरु चुकेका छन्ः कृष्ण सिटौला

फाइल तस्बिर।

काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालको संविधान कार्यान्वयनमा दलहरु चुकेको बताएका छन्।

मंगलबार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्कसमेत गरे।

सिटौलाले सुवास नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको बताए। उनले संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आए पनि त्यसलाई शान्त ढंगले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे।

माओवादी शान्तिवार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उनको भनाइ थियो।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्