धनगढी उपमहानगरको नागरिक सहभागितासम्बन्धी नीति लोकार्पण

धनगढी – सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागितालाई महत्वका साथ अघि बढाउन धनगढी उपमहानगरपालिकाले नागरिक सहभागितासम्बन्धी नीति २०८० र नागरिक बजेट २०८०/८१ को लोकार्पण गरेको छ।

उपमहानगरको नवौं स्थापना दिवसको अवसरमा असोज १ गते प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवं स्थापना दिवसका प्रमुख अतिथि प्रकाश बहादुर देउवाले लोकार्पण गरेका हुन्।

आमनागरिकहरु पनि यस उप–महानगरपालिकाको नीति तथा कार्यक्रमको साथै बजेटबारे सचेत हुन आवश्यक रहेकाले यस आर्थिक वर्ष २०८०/८१ देखि नागरिक सहभागितामा बजेटको निर्माण कार्यको थालनी धनगढी उपमहानगरपालिकाले गरेको छ।

सार्वजनिक वित्त व्यवथापनमा नागरिक सहभागिता र नागरिक बजेटको निर्माणमा यूरोपियन युनियन, युनिसेफलगायत मित्र समाजले सहयोग पुर्‍याएको छ। यसको कार्यान्वयनका लागि सबै पक्षको साथ र सहयोगको अपेक्षा धनगढी उपमहानगरपालिकाले गरेको छ।

लोकार्पण कार्यक्रममा पेफा सचिवालय सदस्य सचिव गोकुल बास्तोलाले सार्वजनिक वित्त व्यवस्थापनको औचित्यबारे जानकारी गराएका थिए। उनले नीति निर्माण र बजेट निर्माणमा नागरिकको किन आवश्यकता छ भन्नेबारेमा बताएका थिए।

नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको काम, कर्तव्य र अधिकारका आधारमा धनगढी उपमहानगरपालिकाको दशौँ नगरसभाले आ.व. २०८०/०८१ को वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गरिसकेको छ।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्