तान्जानिया पठाइदिन्छु भनी रकम ठगी गर्ने एक पक्राउ

तान्जानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दैलेख नारायण नगरपालिका- ७ घर भई हाल स्वयम्भू बस्ने वर्ष ४२ का गणेश बहादुर सिहंलाई प्रहरीले पक्राउ गरेको हो। उनले वैदेशिक रोजगारीको लागि तान्जानिया पठाईदिन्छु आकर्षक तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी रकम ठगी गरेका थिए।

पीडितले दिएको निवेदनको आधारमा प्रहरीले उनलाई मंगलबार दिउँसो २:३० बजेको समयमा सीतापाइलाचोकबाट पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताएका छन्।

उनका अनुसार थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको छ ।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्