‘कोशी प्रदेश’ नाम खारेजीको माग गर्दै पहिचान पक्षधरको प्रदर्शन

मोरङ – कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ। मंगलबार सुनसरीको इटहरीदेखि विराटनगरसम्म कोशी प्रदेश नाम खारेजीको माग गर्दै पहिचान पक्षधरले मोटरसाइकल र्‍याली निकालेका हुन्।

मोटरसाइकल र्‍यालीपछि प्रदेश राजधानी विराटनगरको महेन्द्र चोकमा प्रदेश नम्बर १ पुनः नामाकरण संयुक्त संघर्ष समितिद्वारा आयोजित कोणसभामा वक्ताहरुले प्रदेशको नामाकरण खारेजीको माग गरेका थिए।

कोणसभामा किराँत याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेनले प्रदेशको नामाकरण पुनः हुनुपर्नेमा जोड दिए। कार्यक्रममा अन्य वक्ताहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको राजीनामा माग गरेका थिए।

कोशी प्रदेशसभाले गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरेकको थियो।  जिल्ला प्रशासन कार्यालय मोरङले भने असोज १ गतेदेखि दुई महिनाका लागि विराटनगरमा निषेधाज्ञा जारी गरेको छ।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्