उच्चमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन

काठमाडौँ – न्याय परिषदले उच्च अदालतमा नवनियुक्त २७ न्यायाधीशको पदस्थापन गरेको छ।

परिषदले भदौ ३१ गते जिल्ला अदालतका न्यायाधीश, न्याय सेवा, सरकारी वकिल सेवा र कानुन व्यवसायीबाट न्यायाधीश नियुक्त गरेको थियो।

परिषदले श्यामकुमार भट्टराई, ब्रजेश प्याकुरेल, चन्द्रमणि ज्ञवाली, प्रकाश खरेल, कृष्णराम कोइराला र नारायणप्रसाद रेग्मीलाई उच्च अदालत पाटनमा पदस्थापन गरेको छ।

त्यसैगरी न्यायाधीशहरु धनसिंह महरा र राजुकुमार खतिवडालाई उच्च अदालत पोखरामा पदस्थापन भएका छन् भने न्यायाधीशहरु राधाकृष्ण उप्रेती र अर्जुन अधिकारीलाई उच्च अदालत जनकपुरको राजविराज इजलासमा पदस्थापन गरिएको छ।

हरिश्चन्द्र ढुङ्गाना, ऋषिराम निरौला, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, मोहनराज भट्टराई र अर्जुन महर्जनलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा पदस्थापन गरिएको छ ।
न्यायाधीश कविप्रसाद न्यौपानेलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासमा पदस्थापन भएका छन् स्वीकृति पराजुली, पुण्यशिला दवाडी घिमिरेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पदस्थापन गरिएको छ।

को कहाँ भए पदस्थापन?

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्