देशसञ्चार चौतारी : भाग-१०

‘गुरुकुल भत्किएको मैले हेर्नै सकिनँ’

काठमाडौँ- नाट्य कलाकार तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी कुलपति निशा शर्माले देशसञ्चार चौतारीमा ४ दशकभन्दा लामो समयदेखिको आफ्नो कलाअनुभव, संघर्ष, अभाव र मेहनतका कथाहरु पस्किएकी छन्।

देशसञ्चारका सहकर्मीहरुसँग लामो अन्तर्क्रियामा निशाले बच्चालाई दूध किन्ने पैसा नभएको प्रसंगमात्र कोट्याइनन्, गुरुकुल भत्किँदा आफूले हेर्नसम्म नसकेको दुख पनि साटिन्।

उनी अहिले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा कुलपतिको पदमा आसीन छिन्। यसका आफ्नै जिम्मेवारी हुँदाहुँदै पनि उनी नाट्य क्षेत्रको विकासमा आफ्नै तरिकाले पनि निरन्तर लागिरहेकी छन्।

अन्तर्क्रियाका क्रममा उनी कहिले भावुक भइन्, कहिले खुसी भइन् र कहिले आक्रोशित। देशसञ्चार सहकर्मीहरुसँग खुलेर प्रस्तुत भएकी निशाले चार दशकका आफ्ना संघर्षका गाथाहरु देशसञ्चार चौतारीको यस संस्करणमा खन्याएकी छन्।

पूरा भिडियो:

 

 

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्