एमाले गण्डकीको प्रथम अधिवेशन असोज १५ र १६ गते

पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीको पहिलो अधिवेशन असोज १५ र १६ गते हुने भएको छ। अधिवेशन प्रचार–प्रसार उपसमितिले मंगलबार पत्रकार सम्मेलन गर्दै अधिवेशनबारे जानकारी गराएको हो।

यस्तै, अधिवेशनको लोगोसमेत सार्वजनिक गरिएको छ। सार्वजनिक लोगोमा माछापुच्छ्रे हिमाल र फेवाताललाई समेटिएको छ।

प्रदेशका सबै तहका नेतासँग सल्लाह समन्वय गरेर लोगो तयार परिएको प्रदेश प्रचार प्रसार उपसमिति सदस्य विक्रम न्यौपानेले बताए।

पहिलो अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले १५ गते उद्घाटन गर्नेछन्। पोखराको अम्मरसिंह चौरमा हुने उद्घाटन सत्रमा ५० हजार कार्यकर्ता उतार्ने तयारी एमालेले गरेको छ।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्