सरकारले संविधान दिवसका अवसरमा गर्‍यो ६७० जना कैदीको माफी मिनाह

राष्ट्रपति रामचन्द्र पौडेल। फाइल फोटो।

काठमाडौँ – संविधान दिवसको अवसरमा सरकारले ६७० जना कैदीको माफी मिनाह गरेको छ।

मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (असोज ३ गते)को दिनदेखि लागू हुने गरी ६७० जनाको कैद माफी मिनाह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका अनुसार भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लुम्बुसहित १७० जना र ज्येष्ठ नागरिक सहनदिन भन्ने समदिन मियाँसमेत ३ जना गरी कुल ६७० जनामा कैद माफी मिनाह गरिएको हो।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्