मुलुकलाई संकटबाट जोगाउन एमालेले एक्लै बहुमत ल्याउनु पर्छः ईश्वर पोखरेल

ईश्वर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले मुलुकलाई संकटबाट जोगाउनका लागि आफ्नो पार्टीले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन्।

मंगलबार जनकपुरमा आयोजित ‘संविधान निर्माणमा कमरेड सुवाषचन्द्र नेम्वाङको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले देशलाई दुरावस्थाबाट जोगाउन एमाले एक्लैले बहुमत ल्याउनुपर्ने बताएका हुन्।

वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको अवस्थालाई बदल्नका लागि २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको पनि बताए।

उनले आगामी निर्वाचनमा बहुमत ल्याउने पार्टीको ध्येयलाई आत्मसात गर्दै एकताबद्ध भएर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीका अधिवेशनहरुलाई एकताबद्ध भएर सम्पन्न गर्न सिंगो पार्टी पंक्तिलाई आह्वान गरे।

उनले नेता नेम्वाङलाई संविधान निर्माण र राष्ट्रिय राजनीतिमा देखिएको संकट समाधानका नेताको रुपमा चित्रण गरे। ठूलो दबाबका बीच पनि नेपालको संविधान जारी हुनुमा स्वर्गीय नेता नेम्वाङको महत्वपूर्ण योगदान रहेको उनको भनाइ थियो।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्