राज्य सञ्चालन गर्नेहरुको गल्तीले अहिलेको व्यवस्था बेठिक हो कि भन्ने प्रश्न उठ्योः मन्त्री शर्मा

फाइल फोटो।

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताएकी छन्।

मंगलबार संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।

उनले अहिलेको व्यवस्थाले तलभन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो सकारात्मक कदम भएको बताइन्। उनले व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभूति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने बताइन्।

उनले यही व्यवस्थाअन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो किभन्ने प्रश्न उठेको पनि बताइन्।

असोज २, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्