युरोपियन च्याम्पियन्स लिगमा सिटीले पुनरागमन जित निकाल्दा न्युक्यासल बराबरीमा रोकियो

साविक च्याम्पियन म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्सि लिग फुटबलमा विजयी सुरुवात गरेको छ। सर्वियन क्लब रेड स्टार बेलग्रेडविरुद्ध पहिलो हाफमा एक गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीले ३-१ को जित निकाल्यो।

सिटीको सानदार जितमा अर्जेन्टिनी स्टार जुलियन अल्भारेजिले दुई गोल गरेका थिए। समूह ‘जि’अन्तर्गत भएको खेमला सिटी विरुद्ध रेड स्टारले ओस्मान बुकारीको गोलमार्फत खेलको ४५ औं मिनेटमा अग्रता लिएको थियो। तर दोस्रो हाफको पहिलो मिनेटमै अल्भारेजले हालन्डको पासलाई सदुपयोग गर्दै खेललाई बराबरी ल्याए।

६० औं मिनेटमा अल्भारेजले ब्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता लियो। टिमका लागि तेस्रो गोल फोडेनको पासमा रोड्रिले ७३ औं मिनेटमा गरेका थिए। समूहकै अर्को खेलमा आरबी लेइपजिङ्गले योङ बोइजलाई ३-१ लेनै हरायो।

त्यस्तै २० वर्षपछि च्याम्पियन्स लिगमा फर्किएको अर्को इंग्लिस क्लब न्युक्यासल युनाइटेड भने इटालियन क्लब एसिमिलानसँग गोलरहित बराबरीमा रोकिएको छ। समूह ‘इ’ अन्तर्गतको खेलमा न्युक्यासलले अङ्क बाँडेको हो। दुबै टिमले गोलका केही राम्रा अवसर पाएपनि सदुपयोग गर्न चुक्दा खेल गोलरहित बराबरीमा टुंगिएको हो।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्