प्रधानमन्त्री र श्रीलंकका राष्ट्रपतिबीच भेट

न्युयोर्क- संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मंगलबार न्युयोर्कमा भेट भएको छ।

भेटका अवसरमा प्रधानमन्त्री दाहाल र राष्ट्रपति विक्रमसिङ्घेबीच नेपाल र श्रीलङ्काको द्विपक्षीय सम्बन्ध विस्तार तथा बहुपक्षीय सहकार्यका बारेमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्