च्याम्पियन्स लिग: पिएसजीले डर्टमुन्डलाई हराउँदा बार्सिलोनाको एन्टवर्पमाथि गोलवर्षा

युरोपियन च्याम्पियन्स लिग फुटबलमा ग्रुप अफ डेथका रुपमा हेरीएको समूह ‘एफ’मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले जर्मन क्लब बौउरुससिया डर्टमुन्डलाई २-० ले पराजित गरेको छ। त्यस्तै च्याम्पियन्स लिग अन्तर्गतनै मंगलबार रातिनै भएको अर्को खेलमा बार्सिलोनाले बेल्जियम क्लब रोयल एन्टवर्पलाई ५-० ले पराजित गर्योा।

महत्वपूर्ण तीन अङ्क हासिल गर्ने क्रममा पिएसजिले दुवै गोल दोस्रो हाफमा सम्भव बनायो। केलियन एम्बाप्पेले पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ४९ औं मिनेटमा उनको प्रहार डर्टमुन्डका निक्लास सुलेको हातमा लागेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गर्दै फ्रेन्च क्लबलाई अग्रता दिलाए।

५८ औं मिनेटमा मोरक्कन डिफेन्डर आसरफ हाकीमीले अग्रता दोब्बर बनाए। उनले मिडफिल्डर भिटिन्नाहको प्रहारलाई गोलमा परिणत गर्दा पिएसजीले सहज जित निकाल्न सफल भयो। समूहकै अर्को खेलमा न्युक्यासल र मिलानले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका थिए।

त्यस्तै समूह ‘एच’मा बार्सिलोनाले रोयल एन्टर्पमाथि एकपछिय जित हासिल गर्यो। जाभिको प्रशिक्षणमा रहेको बार्सिलोनाले २३ मिनेट भित्रै तीन गोलको अग्रता बनाएको थियो। जाओ फेलिक्सले २ गोल गर्दा रोवर्ट लेवान्डोस्की र गाभिले समान १-१ गोल गरे। अर्को एक गोल आत्माघाती उपहार पाएको थियो।

११ औं मिनेटमानै फेलिक्सले गुन्डोगानको पासलाई सदुपयोग गर्दै टिमलाई सुरुवाती अग्रता दिलाए। फेलिक्सकै पासलमा १९ औं मिनेटमा लेवान्डोस्कीले टिमको अग्रता दोब्बरब नाउँदा २२ औं मिनेटमा जेली बटालीले आत्माघाती गोल उपहार दिएका थिए। गाभिले ५४ औं मिनेटमा चौंथो गोल गर्दा फेलिक्सले ६६ औं मिनेटमा पाँचौं गोल गरेका थिए।

बार्सिलोना पछिल्ला दुई च्याम्पियन्स लिग फुटबलमा समूहचरणबाटै बाहिरिएको छ। बार्सिलोनाले २०१५ देखि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन।

त्यस्तै अन्य खेलमा स्कटिस क्लब सेल्टीक डच क्लब फिएनोर्डसँग २-० ले पराजित भयो। समूह ‘इ’ कै अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको म्याड्रिड भने इटालियन क्लब लाजियोसँग १-१ गोलको बराबरीमा रोकियो।बारियोसको गोलमार्फत पहिलो हाफमानै अग्रता बनाएको म्याड्रिडले इन्जुरी समयको पाँचौं मिनेटमा गोल खान पुग्दा अङ्क बाँड्न बाध्य भएको थियो।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्