चार किलो चाँदीसहित एक जना पक्राउ

वीरगञ्ज- प्रहरीले चार किलो चाँदीसहित एक जना बाराबाट पक्राउ परेका छन्। प्रहरीले चाँदीसहित पर्सा वीरगञ्ज महानगरपालिका-३ मा बस्ने वर्ष ४० को राजेश साह सोनारलाई पक्राउ गरेको हो ।

बाराको परवानीपुर गाउँपालिका-५ गण्डक नहरस्थित सडकखण्डमा वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १६ प ४०१६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा सोनारको साथबाट मोटरसाइकलमा लुकाइ राखेको चार किलो चाँदीका गरगहना बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

पक्राउ परेका उनलाई चाँदीसहित प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्