जनताको अपेक्षाअनुसार विकासको काम भइरहेको छः मुख्यमन्त्री पाण्डे

फाइल तस्बिर।

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले नेपाली जनतालाई राष्ट्रिय एकताको शूत्रमा बाँधेको बताएका छन्।

उनले देश संघीय शासन व्यवस्थामा रूपान्तरित भइ संघ, प्रदेश र स्थानीय तहबाट नागरिकको अपेक्षा अनुसारको विकासको कामसँग सेवा प्रवाह भइरहेको बताए।

बुधबार संविधान दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले जिम्मेवारी बोध गर्दै स्रोत साधन र क्षमताले भ्याएसम्म नागरिकमैत्री सरकारको रुपमा काम गरिरहेको बताए।

‘यस अवधिमा प्रदेशको सुशासन विकास र समृद्धीको केही खाका तयार भएका छन्’, उनले भने।

गण्डकीले ६३ ऐन र २२ नियमावलीहरु तर्जुमा गरेको उनले जानकारी दिए। उनका अनुसार गण्डकी थप ४२ क्षेत्रगत कानुन निर्माण गर्नुपर्ने पहिचान गरिएको छ।

शुसासन, सेवाप्रवाहा, जवाफदेहिता, भ्रष्टचार नियन्त्रण, शासनमा नागरिकको पहुँच अभिवृद्धिजस्ता शासकीय आधारको सुधारमा प्रदेश सरकार केन्द्रित भएको उनको भनाइ थियो।

सरकारी कार्यालयको पुर्नविचार गर्न प्रदेश सरकारले समिति गठन गरेको मुख्यमन्त्री पाण्डेले सुनाए। छिट्टै काम सुरु गरेर २ महिनाभित्र प्रतिवेदन बुझाउने उनले जानकारी दिए।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्