६५ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर।

नेपालगञ्ज- बाँके प्रहरीले ६५ ग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले नेपालगञ्ज र कोहलपुरबाट दुई जनालाई ६५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो।

लागु औषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय, नेपालगञ्जको टोलीले बालेगाउँबाट बाबुगाउँतर्फ आउदै गरेका डुँडुवा गाउँपालिका वडा नं. ६ का २८ वर्षीय उदयराज मौर्यलाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। मौर्यले पाइन्टको खल्तीमा ब्राउनसुगर राखेका थिए। प्रहरी टोलीले शंका लागेर मौर्यलाई जाँच गरेको थियो।

त्यस्तै, कोहलपुर नगरपालिका वडा नं. १, कौशिलानगरबाट प्रहरीले प्रकाश विकलाई १५ ग्राम १६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ। ब्राउनसुगरको कारोबार भइरहेको छ भन्ने विशेष सूचना पाएर गएको टोलीले विकको कोठामा खानतलासी गर्दा ब्राउनसुगर बरामद गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्