गजलकार बुढाथोकीको अडियो बुक ‘छुटेपछि’ सार्वजनिक

काठमाडौं- गजलकार भेषराज बुढाथोकीको अडियो बुक (ईबुक) ‘छुटेपछि’ सार्वजनिक भएको छ।

बुढाथोकीले आज असोज ३ गते अर्थात् संविधान दिवसको अवसर पारेर आफ्नो पहिलो अडियो बुक ‘छुटेपछि’ सार्वजनिक गरेका हुन्।

बुढाथोकीका अनुसार छुटेपछि‍भित्र केही कथा र केही संस्मरणहरू सङ्ग्रहित छन्। उक्त अडियो बुकमा श्रव्य सामग्री करिब २ घण्टा १९ मिनेटको रहेको छ।

हाल एमविविएस अध्ययनका क्रममा बंगलादेशमा रहेका बुढाथोकीका कथामा बंगलादेश र नेपालका याद तथा भोगाइ समेटिएको छ। बुढाथोकीका शब्दलाई अञ्जु(रेडियो भित्रकी केटी)ले वाचनमा गरेकी छन्।

प्रि-बुकमै राम्रो बिक्री भएको उक्त बुक आज सार्वजनिक भएपछि झनै राम्रो माग भएको लेखक बुढाथोकीले जानकारी दिएका छन्।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्