पर्सामा एक महिलासहित तीन जनाको शव फेला

सांकेतिक तस्बिर।

वीरगञ्ज – पर्साको छुट्टाछुट्टै स्थानमा एक महिलासहित तीन जनाको शव  फेला परेको छ। बिहान पर्साको वीरगञ्ज महानगरपालिका–३ छपकैया टोलस्थित रेडक्रस ब्लड बैंकको दक्षिणपट्टी भित्री सडकको छेउमा एक युवकको शव फेला परेको हो। ब्लड बैंकको वालमा टाँसिएको अवस्थामा अन्दाजी ३०–३५ बर्षको पुरुषको शव फेला परेको हो।

शवको हालसम्म सनाख हुन नसकेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमारबिक्रम थापाले जानकारी दिए।

शवलाई चिन्नेले नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्नसमेत प्रहरीले अनुरोध गरेको छ। यस्तै पर्साको जगनाथपुर गाउँपालिकामा मंगलबार साझ एक महिलाको शव फेला परेको छ।

गाउँपालिकाको वडा नम्बर ५ टोल बस्ने ४० बर्षिय कान्तिदेबी मुखिया बिनको शव फेला परेको प्रहरीले जनाएको छ।आफ्नै घरमा उनको शव फेला परेको तथा उनको घाँटीमा चोट पटक लागेको अवस्थामा रहेको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनको हत्या भएको हुन सक्ने भन्दै प्रहरीले शव नियन्त्रणमा लिई पोष्टमार्टमको लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको तथा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ। यसैगरी वीरगंज महानगरपालिका – ९ पान गल्लीमा एक जनाको शब फेला परेको छ।

मंगलबार साझ सोही स्थानमा ठेला चलाएर बस्ने सर्लाहीको गाउँपालिका ३ बस्ने ५० बर्षका भुब्रो महतो नुनियाको शव फेला परेको प्रहरीले जनाएको छ।आफ्नै ठेलामा मृत अवस्थामा नुनियाको शब फेला परेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको पर्साला प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्