यू-१९ साफ च्याम्पियनसिप सुरु हुनु अघि कुन टिमका प्रशिक्षकले के भने?

काठमाडौं- बिहीबारबाट सुरु हुन लागेको उमेर समूहको प्रतिष्ठित फुटबल प्रतियोगिता साफ यू-१९ च्याम्पियनसिप अघिको पत्रकार सम्मलेनमा सहभागि देशहरुले तयारी राम्रो गरेको भन्दै मिहीनेत अनुसार सफलता प्राप्त गर्ने विश्वास ब्यक्त गरे। प्रि-म्याच पोस्ट कन्फ्रेन्समा पाकिस्तान बाहेक सबै टिम उपस्थित रहेका थिए।

६ टिम सहभागि प्रतियोगितामा दुई समूह विभाजन गरेर प्रतियोगिता आयोजना गरिएको छ। नेपालले समूह ‘ए’ अन्तर्गत माल्दिभ्स र पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै छ। त्यस्तै समूह ‘बी’ मा भने भारत, बंगलादेश र भुटान रहेका छन्।

प्रतियोगिताको पहिलो खेलमा दिउँसो १:३० भारत र बंगलादेश भिड्ने छन्। नेपालले भने बिहीबार साँझ ५:३० मा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ। खेल सुरु हुनु अघि आयोजित प्रि-म्याच कन्फ्रेन्समा उपलब्ध टिमहरुले उपाधिका लागिनै प्रतिस्पर्धा गर्ने बताए।

नेपाली टिमका प्रमुख प्रशिक्षक सुनिल श्रेष्ठ नेपालको पुरानो लयलाई फर्काउँदै उपाधि जित्ने विश्वामा थिए। उनले समूहमा शतप्रतिशत जित सहित विजेतका रुपमा  सेमिफाइनल पुग्ने लक्ष्य रहेको बताए। त्यस्तै उनले सबै खेल जित्दै उपाधि जित्ने अभियानमा रहेको बताए। उनले सोही अनुसारको तयारी गरेकाले घरेलु मैदानमा नेपाल बलियो रहेको बताए।

प्रशिक्षक श्रेष्ठले भने ‘खेलाडीको तयारी राम्रो छ। साथै हामीलाई घरेलु मैदान र समर्थकको साथ छ।त्यसैले हामी राम्रो नतिजा ल्याउँने विश्वासमा छौं।’  उनले सिनियर टोलीसँगको अभ्यास खेलपछि टिम सन्तुलित र बिलियो भएको बताए। उनले राष्ट्रिय टिमसँगको मैत्रिपूरण खेलले खेलाडीमा आत्माविश्वास जागेको बताए।

२ वर्षको तयारीले बलियो छौं: भारत

पछिल्लो समय अन्तराष्ट्रिय फुटबलमा बलियो बन्दै गएको भारतले उमेर समूहमा पनि आफ्नो बलियो रहेको प्रमाणित गर्नका लागि टिमलाई तयार पारेको छ। प्रशिक्षक शुवेन्दु पान्डाले भारतले उमेर समूहलाई प्राथमिक्तामा राखेर अभ्यास गरिरहेको बताए। उनले भने ‘हामी गत दुई वर्षदेखी प्रतियोगिताको तयारी गरिरहेका छौं। उनले ठूलो संख्यामा खेलाडीहरुलाई बोलाएर सर्ट लिस्ट तयार गरेको बताए। पान्डाले भने ‘प्रतियोगिताका लागि भनेर नै भारतले २०२१ मा २०० भन्दा बढी खेलाडीहरु बाट लामो छनोट प्रकृया पुरा गरेर उतकृष्टहरुलाई टिममा समावेश गरेका छौं।’

भारतीय युवा टिमले साफको तयारीका लागि एसियाकै बलियो टोली साउदीसँग केही अभ्यास खेल खेलेको थियो। साउदी अरब भ्रमण निक्कै फलदायी भएको भन्दै उक्त खेलको अनुभवले साफ च्याम्पियन बनाउने विश्वास लिए।

खेल अनुसार रणनिती बुन्दै अघि बढ्ने लक्ष्यमा माल्दीभ्स

माल्दीभ्स भने साफमा पहिलो खेलमा आफ्ना खेलाडी परिक्षणको तयारीमा छ। प्रशिक्षक अहमद शकिर पहिलो खेलपछि टिमले थप बलियो रणनित अख्तियार गर्ने बताए। उनका अनुसार यु-१९ भएपनि खेलाडीहरु अनुभवी रहेको बताए। उनले माल्दिभ्सको टिममा ९० प्रतिशत खेलाडी लिगको अनुभवबाट खारिएकाले त्यसको प्रभाव प्रतियोगितामा पर्ने विश्वासमा छन्। साथै उनले यू-१९ युथ च्याम्पियनसिपमा राम्रो गर्ने खेलाडीहरु टिममा समेटकाले नतिजा आफ्नो सोच अनुरुप आउने विश्वास ब्यक्त गरे।

बंगलादेशका लागि भारत मुख्य प्रतिद्वन्दी

केही समय अघिमात्र यु-१६ साफ च्याम्पियनसिपमा भारतसँग फाइनल गुमाएको बंगलादेश यो प्रतियोगितामा पनि भारतलाईनै मुख्य प्रतिद्वन्दीका रुपमा लिएको बतायो। बंगलादेशका प्रशिक्षक रसिद अहमदले भारतविरुद्धको उद्घघाटन खेलनै आफ्ना लागि महत्वपूरण भएको भन्दै सो खेलमा भारतलाई हराउँदै सेमिफाइनल पुग्ने आधार तयार गर्ने बताए। भारतलाई हराएमा बंगलादेशले उपाधिमा नजर लगाउने उनको अनुमान छ। उनले पहिलो लक्ष्य सेमिफाइनल भएको भन्दै त्यसपछि थप रणनिति तय गर्ने बताए। छोटो तयारीका बिच राम्रो गर्ने लक्ष्यमा बंगलादेश रहेको प्रशिक्षकको भनाइ छ।

भुटान सरप्राइज नतिजा दिन चाहन्छ

भुटान पछिल्लो समय फुटबलमा दक्षिण एसियामा टक्कर दिन थालेको छ। प्रशिक्षक हिदेनारु टाकानाशी बलियो टिमहरुसँगको प्रतिस्पर्धाका लागि तयार रहेको बताए। उनले भुटानका लागि समूहचरणको खेलनै चुनौतीपूर्ण भएकाले टिम बलिया भनिएका देशलाई हराउँदै सरप्राइज नतिजा दिलाउँदै सेमिफाइनल पुग्ने लक्ष्यमा रहेको छ। उनले टिमले तयारी राम्रो गरेको भन्दै उनले दुई वर्षदेखी भुटानी टिम हेरिरहेकाले उनीहरुको मिहिनेतले साफमा आफ्नो उपस्थिति बलियो भएको देखाउन चाहेको बताए। भुटानले समूहचरणमा उपाधि दाबेदार बंगलादेश र भारतको चुनौती सामना गर्ने छ।

 

असोज ३, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्