शिक्षकको आन्दोलनले बिरुवा मासिएपछि बालेनले पोष्ट गरे महाकविको कविताः नटिप्नु हेर कोपिला…

फाइल तस्बिर।

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले शिक्षकहरुको आन्दोलनका क्रममा सडकछेउमा रोपिएका बोटबिरुवा र दूबो मासिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

मेयर शाहले बिहीबार साँझ सामाजिक सञ्जालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता पोष्ट गर्दै आफ्नो असन्तुष्टि पोखेका हुन्।

उनले फेसबुकमा लेखेका छन्,
‘नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ
–महाकवि लक्ष्मीप्रसाद देवकोटा’

सरकारले संसद्‌मा दर्ता गरेको प्रस्तावित शिक्षा विधेयकविरुद्ध शिक्षकहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुको विरोध प्रदर्शनका क्रममा माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा बोटबिरुवा, दुबो सखाप भएको छ।

असोज ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्