शान्ति प्रक्रियालाई दाउपेचको विषय नबनाऔँ, छिटो टुंग्याऔँः अध्यक्ष तिमिल्सिना

फाइल तस्बिर।

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताएका छन्।

काठमाडौंमा बिहीवार आयोजित ‘विस्तृत शान्ति सम्झौता(२०६३) कार्यान्वयनका १७ वर्ष ः उपलब्धि, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रियामा अध्यक्ष तिमिल्सिनाले शान्ति प्रक्रियालाई छिट्टै टुंग्याउनुपर्ने बताए।

उनले शान्ति प्रक्रियालाई नेपालका राजनीतिक दलहरु आफैँ सक्षम भएर टुंगोमा पुर् याउनुपर्ने बताए।

शान्ति प्रक्रिया टुंग्याउनुपर्ने विषयमा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने र कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई दोष दिनु नहुने उनको भनाइ छ।

उनले शान्ति प्रक्रियालाई दाउपेचको विषय बनाउनु नहुने बताए। उनले पीडितसँग समेत छलफल गरेर उनीहरुले न्याय पाउनेगरी शान्ति प्रक्रियाको विषय टुंगिनुपर्नेमा जोड दिए। नेपालका राजनीतिक दल एक ठाउँमा उभिएर प्रक्रिया टुंगोमा पुर् याए अन्तर्राष्ट्रिय समुदायको चासोलाई सम्बोधन गर्न पनि सकिने उनले बताए।

उनले पुरानो घाउलाई बल्झाइरहनु नहुने भन्दै अब भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न लाग्नुपर्ने बताए।

असोज ४, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्