१९ औं एसियाडमा आज महिला फुटबल सहित नेपालका थप दुई इभेन्ट

काठमाडौं-चिनको ह्वाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगितामा आज नेपालले नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदै छ। औपचारिक रुपमा प्रतियोगिता सुरु हुनु अघिनै विभिन्न टिम इभेन्टका खेलहरु सुरु भइसकेका छन्।

नेपालले आज बिहान टेबल टेनिसमा महिला र पुरुषको टिम इभेन्टमा प्रतिस्पर्धा गर्दा  दिउँसो १:४५ मा महिला फुटबलमा भियतनामको सामना गर्दै छ। समूह ‘डी’ मा रहेको नेपालले यसपछि जापान र बंगलादेशसँग खेल्ने छ।

त्यस्तै टेबल टेनिसमा पनि महिला र पुरुष तर्फको टिम इभेन्टको प्रारम्भिक चरणको खेलमा नेपालले आज प्रतिस्पर्धा गर्दे छ। महिलातर्फ टिम इभेन्टमा नेपालले विहान ७:४५ बजे सिंगापुरको सामना गर्दै छ। त्यस्तै पुरुषतर्फ नेपालले विहान ९:४५जापान सँग खेल्ने छ।

१९ औं एसियाली खेलकुदको उद्घाटन शनिबार हुँदै छ। प्रतियोगिताको औपचारिक उद्घाटन अघिनै नेपालको पुरुष भिलबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। केही इभेन्टहरु सुरु भइसक्दा केही खेलका खेलाडीहरु चिन प्रस्थान गरिरहेका छन्। नेपालले अन्य खेलका खेलाडी भने हान्झाउ आउने क्रम जारि छ।

एसियाडमा यो संस्करणमा १९ खेलका २ सय ३३ खेलाडीले सहभागिता जनाउँदै छन्।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्