क्यान साधारणसभा आजबाट‍: नेतृत्वमा चन्द निर्विकल्प बन्दा, अन्य पदमा छिर्न ‘तँछाडमछाड’

काठमाडौं- नेपाल क्रिकेट संघ(क्यान)को आफ्नो पछिल्लो कार्यकालका सर्वाधित विवादित पात्र चतुरबहादुर चन्द फेरी पनि अध्यक्षमा निर्विकल्प बनेका छन्। शुक्रबारबाट काठमाडौंमा सुरु भएको क्यानको चुनावी साधारण सभामा शनिबार (भोलि) नेतृत्वसहितको नयाँ कार्यसमिति छनोट हुँदैछ।

चन्दसँग टसलकै कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारस खड्काले क्यान राजनितिमा युटर्न लिँदै चन्दकै समर्थनमा सचिवमा उठ्ने सम्भावना बलियो छ। तर नेपाल टी-२० लिगमा बदनाम बनेको क्यान नेतृत्वलाई तत्कालिन समयमा बलियो साथ दिएका पधाधिकारी भने चन्दको नयाँ कार्यसमितिमा अटाउने सम्भावना कमजोर बनेको छ।
चन्द निकट कार्यसमितिका एक सदस्य भन्छन्उ,’उहाँलाई हिजो पारस खेमालेनै अप्ठ्यारोमा पार्दा हामी साथमा थियौं र उहाँलाई अल्पमतमा पर्नबाट रोक्यौं। आज आएर उहाँलेनै आफ्ना तिनै सहकर्मीलाई अलग्यानउने प्रयास गर्नुभएको छ। यसले पछि उहाँलाईनै असर गर्ने छ।’

पारस खड्का निकट निवर्तमान सदस्य भने पारस कुनैपनि मूल्यमा क्यानमा छिर्नु पर्ने भएकाले चतुरबहादुर चन्दसँग सम्झौताका लागि तयार भएको मान्छन्। उनी भन्छन्,’देशभर भएको जिल्ला र प्रदेश छनोटबाट फेरी पनि चन्दकै बहुमत सदस्य नेतृत्व छनोटमा पुगेका छन्। त्यसलै उनलाई अलग गरेरअघि बढ्दा पराजय पक्का हुने भएकाले मिल्नुको विकल्प देखिएन।’

त्यसोत क्यानभित्र पारसलाई छिराउनका लागि कांग्रेसको माथिलो तहले पूर्ण दबाव दिएको चन्द निकट केन्द्रीय सदस्य बताउँछन्। ‘चन्दलाई पारसलाई टिममा समेट्न कांग्रेस भित्रकै शीर्ष नेतृत्वको दबाव छ। चाहेर पनि अहिले पारसलाई चन्दले बाहिर राख्न सक्नुहुन्न। त्यसैले पारसलाई सचिवमा ल्याएर अन्य सहयोगिहरूलाई अरु पदमा ब्यवस्थापनको प्रयास भइरहेको छ।’

त्यसोत पारसपनि समयअनुकूल राजनिति गर्न माहिर भएकाले उनको युटर्नलाई स्वभाविक मान्छन्। उनी निकट निर्वतमान केन्द्रीय सदस्यका अनुसार ‘पारस क्यान राजनितिमा छर्नकै लागि सन्न्यास घोषणा गरेर आएका हुन्। उनले चन्दलाई पछि पार्नका लागि उनीसँगै मिल्नुपर्ने परिस्थिति बनेपछि पारस त्यसका लागि तयार भएका हुन्।’ त्यसोत अर्को कार्यकालमा चन्द नउठ्ने भएपछि पारसले आफ्नो शक्ति एकत्रित गर्नका लागि पनि अहिले क्यानमा जिम्मेवार पदमा आउन चाहेका छन्। अर्को पटक अध्यक्षमा उठ्नका लागि आधार तयार गरेका हुन्। ती सदस्य भन्छन्,’अहिले चन्दसँग अध्यक्ष उठेर पराजित हुनुभन्दा उनीसँगै मिलेर क्यानमा छिर्नु बुद्दिमानी हुने निष्कर्षमा खड्का पुगेका हुन्।’ त्यसोत पारसलाई कांग्रेसको एक समूहले एक कार्यकाल क्यानको सचिव पदमा वसेर अनुभव सहित अर्को कार्यकालमा नेतृत्वको तयारी गर्न आग्रह गरेपछि खड्का सोही अनुसार तयार भएको जनाइएको छ।

तर, वर्तमान कार्यसमितिमा रहेका कोषाध्यक्ष रोषन सिंह र प्रसान्त मल्लको ब्यवस्थापन गर्न र उनीहरुलाई मनाउन चन्दलाई सहज छैन। चन्दविरुद्ध अध्यक्षको उम्मेदवारी घोषणा गरेका सिंहले केही समय अघि चन्दसँगको छलफलपछि वर्तमान कार्यसमितिका पधाधिकारीबिचमै सहमति गरेर अघि बढ्न तयार भएका थिए। तर अहिले आएर सहमतिबाट पछि हटेपछि चन्द निकट रहेकाहरुनै संशकित छन्। तर उनीहरू अन्तिम समयमा के गर्ने भन्ने टुंगोमा पुगेका छैनन्।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्