बाँकेः बाल सुधार गृहबाट चारजना फरार, हल्ला गर्ने ३३ जनालाई प्रहरीचौकी लगियो

नेपालगञ्ज – जयेन्दु बाल सुधार गृहबाट चार जना भागेको पाइएको छ।

राति भागेका २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर नेपालगञ्ज र जमुनाहा प्रहरी कार्यालयमा राखेको छ।

अहिले सुधार गृहको स्थिति सामान्य भएको छ। सुधार गृहमा होहल्ला गर्ने ३३ जनालाई जमुनाहा र हिरमिनिया प्रहरी कार्यालयमा पठाइएको छ। थप एकजनालाई अस्पताल ल्याइएको छ। अस्पतालमा १० जना पहिलेदेखि नै उपचारमा छन्।

बाल सुधार गृहमा २ सय ५४ जना रहेकोमा गन्ती गर्दा चार जना फेला नपरेको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्