उच्चस्तरीय छानबिन आयोग नबनेपछि एमालेको प्रतिक्रियाः सरकार सम्झौताबाट पछि हट्यो

महेश बर्तौला। फाइल फोटो।

काठमाडौँ – सुन तस्करी प्रकरणबारे अनुसन्धान गर्न असोज ५ गतेभित्र बन्ने भनिएको उच्चस्तरीय छानबिन आयोग पूर्वसहमतिअनुसार बन्न नसकेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकार सम्झौताबाट पछि हटेको बताएको छ।

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न शुक्रबार सिंहदरबारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको हो।

प्रमुख प्रतिपक्ष दलका सचेतक महेश बर्तौलाले असोज ५ गते उच्चस्तरीय छानबिन आयोग गठन गर्ने र आजैबाट काम गर्ने भन्ने सहमति भए पनि सरकारले उदासिनता देखाएको बताए।

उनले नेकपा एमालेले सुन तस्करको जरासम्म पुग्न चाहेको र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको बताए। उनले आफ्ना वचनप्रति सरकार जवाफदेही नभएको कुरा आज गठन हुन नसकेको उच्चस्तरीय छानबिन आयोगबाट प्रमाणित हुने उल्लेख गरे।

उनले सरकार आजका घटना टार्न सम्झौता गर्ने र सम्झौताको कार्यान्वयन गर्न नगर्ने पक्षमा रहेको बताए।

असोज ५, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्