एसियाडः पहिलो स्वर्ण चीनको खातामा

आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेको छ।

महिला डुंगा दौडमा चीनले पहिलो स्वर्ण हात पारेको हो।

‘लाइटवेट डबल स्कल्स रोइङअन्तर्गत आज भएको फाइनलमा जोउ जियाकी र किउ सिउपिङले स्वर्ण जितेका हुन्।

जोउ र किउको चिनियाँ जोडीले ७ मिनेट ६ दशमलव ७८ सेकेण्डमा उज्बेकिस्तानकी लुइजाखोन इस्लामोभा र मलाइका ताग्माटिभाले करिब १० सेकेन्ड पछि पारेका थिए।

ताग्माटिभाले रजत पदकमा नै चित्त बुझाउनुपर्‍यो भने इन्डोनेसियाका चेल्सी कर्पुट्टी र रहमा मुतियारा पुत्रीले कास्य जित्न सफल भएका छन्।

महिलातर्फको १० मिटर एयर राइफल प्रतियोगितामा भारतका रमिता, मेहुली घोष र आशी त्रिकुटले रजत पदक जितेर पहिलो दिनको विजयी सुरुवात गरेका छन् भने भारतीय सेनाका खेलाडीद्वय अर्जुन लाल जाट र अरविन्दले पुरुष लाइटवेट डबल स्कल्समा रजत पदक नै जितेका छन्।

रोइङमा नै पुरुषको अर्को टोलीले रजत पदकमा कब्जा जमाएको छ।

भारतीय महिला क्रिकेट टोलीले पनि सेमिफाइनलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै रजत पदक सुनिश्चित गरेको छ। हालसम्म भारतले पाँचवटा रजत पदक आफ्नो पोल्टामा पारेको छ।

असोज ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्