महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाखभन्दा बढी रकम लुटपाट

सांकेतिक तस्बिर।

जनकपुरधाम – महोत्तरीमा वृद्ध दम्पतीबाट ६ लाखभन्दा बढी रकम लुटपाट भएको छ। गौशाला नगरपालिका ११ भरतपुरका शम्भु महतो र उनकी श्रीमती बैँकबाट पैसा झिकेर फर्किदै गर्दा अज्ञात समूहले ६ लाख ३६ हजार रुपैयाँ लुटेको महोत्तरी प्रहरीले जनाएको छ।

ज्वाईँले एनआईसी एसिया बैंकमा रुपैयाँ पठाएकोमा गौशाला शाखाबाट सो रकम महतोले निकालेका थिए। महोत्तरीका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीका अनुसार मोटरसाइकलमा सवार भएर आएक एक अज्ञात युवकले झुक्याएर सो रकम लुटेर फरार भएका छन्।

प्रवक्ता गिरीले भने, ‘घर फर्किने क्रममा गौशाला बजारबाट थोरै पर गएपछि एकजना मान्छेले म बैँकको मान्छु हुँ एउटा सिग्नेचर छुटेछ बैँक जानुपर्यो भनेर महतोलाई बाइकमा चढाएर बैँक नजिक पुर्याएछ । तपाईँको श्रीमतीलाई लिएर पनि आउँदै छु भनेर त्यो मान्छे आए । उनकी श्रीमतीले पैसाको झोला रोखेकी थिइन् । त्यो झोला लिएर उ भागेछ ।’

उनका अनुसार लुटेरा सवार मोटरसाइकलको नम्बर पहिचान भइसकेकाले लुटेराको खोजीकार्य जारी रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

असोज ७, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्