अवैध रूपमा बालुवा उत्खनन गर्ने दश ट्याक्टर नियन्त्रणमा

वीरगञ्ज- अवैध रूपमा खोलाबाट बालुवा उत्खनन गर्ने दश वटा ट्याक्टर प्रहरीले बाराबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले बाराको जितपुरसिमरा उपमहानगरपालिका- ३ स्थित दुधौरा खोलाबाट बालुवा उत्खनन गरी जितपुरतर्फ जाँदै गरेका दश वटा ट्याकटर नियन्त्रणमा लिएको हो।

ना.२.त.५९९७, ना.२.त.९७१३, ना.२.त.९९४४, ना.२.त.९८७९, ना.३.त.४४१२, ना.४.त.७१५८, ना.४.त.४३७१, ना.५.त.४५४० र ना.७.प.४५३६, प्र.०३-००१.त.३९२१ नमबरको गरी १० वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिइएको बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।

उक्त टयाकटर चेकजाँच गर्दा कुनै पनि आधिकारिक पत्र तथा सिफारिस नभएकोले ‍आवश्यक कानुनी कारवाहीको प्रकृया अगाडि बढाइएको न्यौपानेले बताए।

असोज ८, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्