अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष खोजीको सूचीमा

फाइल तस्बिर।

रुसले अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तर्राष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो।

पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासंघको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रुसी समाचार ‘एजेन्सी’हरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन्।

सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहेका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन्।

असोज ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्