खालिस्तान समर्थकहरूले क्यानडामा भारतीय वाणिज्य दूतावास बाहिर जुलुस निकाले

खलिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यालाई लिएर सोमबार क्यानडाको भ्यानकुभरमा रहेको भारतीय वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन भएकाे क्यानडियन ब्राेडकास्टिङ कर्पोरेसन (सिबिसी)ले जनाएकाे छ।

सिसिबीका अनुसार खलिस्तानको समर्थन र भारतको विरोधमा निकालिएको उक्त र्‍यालीमा ७५ जनाले भाग लिएका थिए।

क्यानडा र खालिस्तानको झण्डा फहराउँदै प्रदर्शनकारीहरू भारत सरकारविरुद्ध नाराबाजी गरेका थिए।

अमेरिकास्थित खालिस्तान समर्थक समूह सिख फर जस्टिसले उक्त विरोध प्रदर्शन गरेको थियो।

सिख फर जस्टिसका अध्यक्ष तथा खालिस्तान समर्थक नेता गुरपतवन्त सिंह पन्नु पनि भ्यानकुभर पुगेका थिए।

गत हप्ता क्यानडाको संसदमा प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतलाई आरोप लगाउँदै खालिस्तान समर्थक नेता हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्ट संलग्न हुनसक्ने बताएका थिए।

भारतले क्यानडाकाे याे आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ र आरोपलाई बेतुका र प्रेरित आरोपको संज्ञा दिएको छ।

क्यानडाले अहिलेसम्म आफ्नो आरोपको समर्थनमा कुनै प्रमाण प्रस्तुत गरेको छैन।

ट्रुडोको यो आरोपपछि भारत र क्यानडाबीच कूटनीतिक विवाद उत्पन्न भएको छ।

दुवै देशले एक एक कूटनीतिज्ञलाई देश निकाला गरेका छन्।

क्यानडाको भिसा सेन्टरमा काम गर्ने कर्मचारीको सुरक्षाको कारण देखाउँदै भारतीय विदेश मन्त्रालयले हाल क्यानडामा भिसा सेवा बन्द गरेको छ।

असोज ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्