काठमाडौँ-  पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि सोमबार भएको कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन्।

माइतीघर मण्डलमा मंगलबा। ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरुको भौतिक सुरक्षाको माग गरेका थिए। सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरे।

पोखराको मणिपाल अस्पतालमा सोमबार निधन भएका व्यक्तिका आफन्तले चिकित्सकहरुमाथि कुटपिट गरेका थिए।