मिना सिर्जनशील समावेशी पुरस्कार बिनु र तारालाई

पोखरा – मिना सिर्जनशील समावेशी पत्रकारिता पुरस्कार बिनाकुमारी थापा ‘बिनु’ र बालकुमारी पौडेल ‘तारा’ लाई प्रदान गरिने भएको छ।

पूर्व गण्डकी प्रदेश सभा सदस्य तथा उद्यमी मिना गुरुङले स्थापना गरी नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको पुरस्कारबाट बिनु र तारा पुरस्कृत हुन लागेका हुन्।

छनोट समितिले सिफारिस गरेको नाम महासंघ कास्कीले अनुमोदन गरेको सचिव माधव बरालले जानकारी दिए। संयोजक पुण्य पौडेल, सदस्यहरु दुर्गा अधिकारी, दीपक परियार, विमला भण्डारी र माधव बरालको छनोट समितिले वर्ष २०७९ को पुरस्कार बिनुलाई र २०८० को ताराको तारालाई दिन सिफारिसि गरेको हो।

पुरस्कारको राशी २० हजार १११ रुपैयाँ रहेको छ। असोज १२ गते पुरस्कार अर्पण गरिने छ।

यो पुरस्कारबाट यसअगाडि दुर्गा भण्डारी, दीपक परियार, शान्ति गुरुङ, सरिता तिम्सिना पगेनी, खेम सारु मगर, स्मिता अधिकारी, रोशनी गुरुङ र रविना आले सम्मानित भइसकेका छन्।

असोज ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्