काठमाडौँ महानगर र ‘ई:’का प्रतिनिधिबीच भएन सहमति

काठमाडौँ- काठमाडौं महानगर र नागरिक अभियन्ता ‘ई:’ का प्रतिनिधिबीच मंगलबार भएको वार्ता निष्कर्षविहीन भएको छ। व्यवसायीहरुले पहिले आफूले व्यवसाय गरेकै ठाउँमा व्यवसाय गर्न पाउनुपर्ने माग राखेका थिए भने काठमाडौँ महानगरले भने व्यापार गर्न दिने समय र  स्थान पहिचान गर्ने प्रस्ताव गरेको थियो।

यही बुँदामा कुरा नमिल्दा महानगरले बनाएको वार्ता टोली र ई:का प्रतिनिधिबीच भएको वार्ता निष्कर्षविहीन भएको हो।

महानगरका मेयर बालेन शाह र ‘ई:’ भने वार्तामा अनुपस्थित थिए।

वार्तामा महानगरबाट प्रवक्ता नवीन मानन्धर, कानुन न्याय तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य र मेयर बालेन शाहको सचिवालयबाट कुमार बेन, २२ का वडाध्यक्ष चिनीकाजी महर्जन सहभागी थिए। ई:का तर्फबाट गोविन्द नारायणसहितका प्रतिनिधि सहभागी थिए।

नागरिक अभियन्ता ‘ई:’ आठ दिनदेखि राष्ट्रिय सभागृहबाहिर उभिएर फुटपाथ व्यवसायीको पक्षमा आन्दोलन गरिरहेका छन्।

असोज ९, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्