एसियाली खेलकुद: मंगोलिया विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

हाङझाउ- १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटमा प्रतिस्पर्धा गर्दैछ। चीनको हाङझाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

नेपाल केही समयमा मंगोलिया विरुद्ध ब्याटिङका लागि मैदान उत्रिँदै छ। नेपालको यो एसियाडमा क्रिकेटतर्फ पहिलो खेल हो। मंगोलिया क्रिकेटमा अनुभव लिँदै गरेको टोली हो।

नेपाल मंगोलियालाई सहज रूपमा हराएर अघि बढ्ने ध्याउन्नमा रहेको छ। तुलनात्मक रूपमा कमजोर मंगोलियाविरुद्ध नेपाललाई भने विश्व कीर्तिमानी प्रदर्शनको प्रतीक्षामा छ।

मंगोलिया भने युवा क्रिकेट टोलीका साथ चीन आएकको छ। मंगोलियाको टोलीमा अधिकांस १५ देखि २२ वर्षका खेलाडीको वर्चस्व देखिएको छ। मंगोलियाका खेलाडी घरेलु टी-२० लिग खेल्दै आएका छन्।

नेपालको प्लेइङ ११:

आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्