टर्कीमा ३५० वर्ष पुरानो ओट्टोमन बाथ फेला

टर्कीमा पुरातत्वविद्हरूले उत्तरीपश्चिमी प्रान्त कानाक्कलेमा ३५० वर्ष पुरानो ओट्टोमन बाथ फेला पारेका छन्।

पुरानो सहर पारियोन रहेको केमर गाउँमा नुहाउने ठाउँ पत्ता लगाइएको हो। उत्खनन टोलीले केही समय अघिमात्रै दुईवटा चिहान फेला पारेका थिए।

२७ सय वर्ष पुरानो सहर पारियोन रोमन साम्राज्य कालको महत्त्वपूर्ण बन्दरगाह थियो।

अण्डोकुज मेइस विश्वविद्यालयको टोलीले सन् २०१५ देखि यस क्षेत्रमा उत्खनन गर्दै आएको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्