तोलामा ८ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सांकेतिक तस्बिर।

काठमाडौं- नेपाली बजारमा बुधबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ११ हजार रुपैयाँ कायम भएको हो।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको छ। यसअघि, मंगलबार छापावाल सुन १ लाख ११ हजार ८०० रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार २५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३ सय ८५ रुपैयाँ कायम भएको छ।

मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८९६.९९ डलरमा र चाँदी प्रतिऔंस २२.७१ डलरमा कारोबार भइरहेको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्