इटालीमा लामो समय राष्ट्रपति भइ सेवा गरेका नापोलिटानोको अन्त्येष्टि

इटालीले सबैभन्दा लामो समय राष्ट्रपति भएर देशको सेवा गरेका जर्जियो नापोलिटानोलाई अन्तिम श्रद्धाञ्जली दिइ अन्त्येष्टि गरेको छ।

मंगलबार देशको संसदमा विश्वभरका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिइएको हो।

मे २००६ देखि जनवरी २०१५ सम्म पदमा रहेका नेपोलिटानोको शुक्रबार ९८ वर्षको उमेरमा निधन भएको थियो।

उनको निधनमा इटालीले मंगलबार राष्ट्रिय शोक मनाएको थियो। सरकारी भवन र विदेशमा रहेका इटालियन दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो।

उनको अन्त्येष्टिमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँ, जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टाइमेयर र इटालीको राज्य प्रमुखको रूपमा नेपालिटानोका उत्तराधिकारी सर्जियो माटारेल्लाको उपस्थिति रहेको थियो।

स्व. नेपालिटानोकी जीवनसाथी क्लियो मारिया बिट्टोनीलाई उपस्थितहरुले समवेदना दिएका थिए।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्