आज बाँडफाँट हुँदै मीड सोलु हाइड्रोको आइपीओ

सांकेतिक तस्बिर।

काठमाडौं- मीड सोलु हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट हुने भएको छ। आइपीओ आज साँझ ५ बजे बाँडफाँट गर्ने समय तालिका तय भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ।

यता, मीड सोलुको आइपीओ हात पार्न पनि भाग्यकै भरपर्नु पर्ने भएको छ। किनभने यसमा मागभन्दा २४.३४ गुणा बढी आवेदन परेको छ।

यसमा १३ लाख ५४ हजार ८४६ जनाले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ताका लागि आवेदन दिएका छन्। जसमा ६२ हजार ११८ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १२ लाख ९२ हजार ७२८ जनाको भने हात खाली हुनेछ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो। कम्पनीले कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याएको थियो।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्