संघीयता कार्यान्वयनमा सरकार प्रतिबद्ध: कार्यवाहक प्रधानमन्त्री खड्का

फाइल तस्बिर।

सुर्खेत- कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको बताएका छन्

बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कानुन बनाउन ढिलाइ हुँदा नागरिकले संघीयताको अनुभूति गर्न नपाएको भन्दै संघीयता कार्यान्वयनका लागि सरकारले काम गरिरहेको बताए।

उनले संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयले निजामति र प्रहरीसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने तयारी गरिरहेको बताए।

कार्यवाहक प्रधानमन्त्री खड्काले सुशासन, विकास निर्माण र देशको समृद्धिका लागि सरकारले देखिने गरी काम गरिरहेको बताए।

उनले केही दिनभित्रै सुशासनसम्बन्धी कार्यक्रम घोषणा गर्न लागिएको पनि जानकारी दिए।

कार्यवाहक प्रधानमन्त्री खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठन्धन दलको सहमतिमै चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा कार्यान्वयनका लागि सहमति जनाएको बताए।

उनले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चन हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढेको बताए।

रक्षामन्त्री खड्काले सुर्खेत विमानस्थल विस्तारमा सबैको साथ र सहयोग हुन आवश्यक रहेको बताए।

प्रभावित क्षेत्रका जनतालाई साथमा लिएर विमानस्थल विस्तार गर्नुपर्ने उनको भनाइ छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्