संयुक्त राष्ट्रसंघले आणविक हतियार उन्मुलनका लागि गर्‍यो आह्वान

फाइल तस्बिर।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मुलन गर्न आह्वान गरेका छन्।

उनले आणविक हतियारको पूर्ण उन्मुलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए।

उनले आणविक हतियारको प्रयोग रोक्नको लागि एकमात्र विकल्प त्यसलाई हटाउनुभएको बताए।

मानवीय प्रकोपलाई आणविक हतियार हटाएर मुक्त गर्न सकिने महासचिव गुटेरेसकाे भनाइ छ।

उनले अहिले चिन्ताको विषय हतियारको दौड भएको बताए। उनले आणविक हतियार घटाउँदै लैजानुपर्नेमा झनै बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरे।

महासचिव गुटेरेसले आणविक हतियार धेरै भएका मुलुकलाई निशस्त्रीकरणको दायित्व पूरा गर्न कुनै पनि परिस्थितिमा आणविक हतियारको प्रयोग नगर्ने प्रतिवद्धता गर्न आह्वान गरे।

उनले तनाव कम गर्न र आणविक खतरा अन्त्य गर्न वार्ता, कुटनीतिको माध्यम रोज्न आग्रहसमेत गरे।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्