शिक्षा विधेयकबारे कांग्रेस संसदीय दलको बैठकमा आएनन् उच्च पदाधिकारीहरु

काठमाडौँ – संसद्‌मा प्रस्तावित शिक्षा विधेयकबारे नेपाली कांग्रेस संसदीय दलले आह्वान गरेको दुईदिने छलफलको दोस्रो दिन पार्टीका उच्च पदाधिकारीहरुले बैठकलाई बेवास्ता गरेका छन्। सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय बैठकमा उपस्थित छैन। उनीहरुका लागि राखिएको कुर्सी खालि छ।

संसद भवनको ल्होत्से हलमा भएको बैठकमा बुधबार नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, राहत शिक्षक समिति, बाल विकास शिक्षक समिति, प्याब्सन, एन प्याब्सनलगायत सरोकारवालाका प्रतिनिधि भने सहभागी छन्।

मंगलबारको बैठकमा सहभागीहरुले विधेयकमा सच्याउनुपर्ने विषयवस्तुबारे प्रष्ट पारेका थिए।

शिक्षा विधेयकका बारे नेपाल शिक्षक महासंघले गरेको आन्दोलन सहमतिमा टुंगिए पनि राहत शिक्षकसहितका शिक्षकहरु भने अझै आन्दोलनमा छन्।

कांग्रेसले सरोकारवालासँग कुरा गरी विधेयकलाई परिमार्जन गर्ने दिशामा सक्रियता देखाउने भनिए पनि बुधबार बैठकमा नेताहरु नै अनुपस्थित देखिएका हुन्।

 

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्