१३२ केभी प्रशारण लाइन तथा सवस्टेशनको शिलान्यास

नेपालगञ्ज बाँकेको जानकी गाउँपालिका–५, बकसपुरमा कोहलपुरनेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको छ।

दुई वर्षमा सम्पन्न गरेर दुई सय मेघावाट क्षमताको प्रशारण लाइन, सबस्टेशन १३२(३३ केभी १२६ एमभीएका लागि दुई अर्ब लागत निकालिएको छ।

कोहलपुरनेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२–३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे। मन्त्री बस्नेतले दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने सरकारको लक्ष्य अनुरुप नै कोहलपुरनेपालगञ्ज १३२ केभी प्रशारण लाइन तथा १३२(३३ केभी न्यू नेपालगञ्ज सवस्टेशनको शिलान्यास गरिएको बताए।

मन्त्री बस्नेतले समयमै काम सम्पन्न गर्नका लागि सरोकारवाला निकायले खबरदारी गर्नुपर्ने बताए।

कोहलपुरनेपालगञ्ज १३२ केभी प्रशारण लाइनका आयोजना प्रमुख रञ्जनराज गुरुङले पावर चाइना सेप्को१ इलेक्ट्रिक पावर कन्ट्रक्सन कम्पनी लिमिटेडलाई ठेक्का दिइएको आयोजना सम्पन्न हुँदा नेपालगञ्ज र आसपासको विद्युतको समस्या समाधान हुने बताए।

नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसदहरु रत्न खत्री र बादशाह कुर्मी, जानकी गाउँपालिका–५ का वडाध्यक्ष टीकाराम यादवलगायतले समयमै काम सम्पन्न हुनुपर्नेमा जोड दिए। प्रशारण लाइन तथा सबस्टेशनका लागि चार बिघा ७ कठ्ठा ८ धुर जग्गा लिइएको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्