भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै पाकिस्तान पहिलो पटक फाइनलमा

काठमाडौं – यू–१९ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले फाइनल यात्रा तय गरेको छ। बुधबार दशरथ रङ्गशालामा भएको रोमाञ्चक सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै फाइनल यात्रा तय गर्योा।

सडनडेथमा ६–५ गोल अन्तरमा पाकिस्तानले भुटानको यात्रा अन्त्य गर्‍याे। निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनेलटी सुटआउटबाट लियो। टाइब्रेकरमा दुबै टिमले ५–५ गोल गरेपछि खेल सडन डेथमा पुग्यो। जहाँ पाकिस्तानले बाजि मार्‍याे।

पेनाल्टी सुटआउटमा पाकिस्तानका लागि मोहम्मद आदील युनस, शाह जहन, अलिज अफर, फुर्सीद आलम, मोहम्मद सदाम र कमिल अहमद खानले गोल गरे। भुटानका लागि किन्जाङ तेन्जिङ, जिग्मे नाम्गेल, रिन्जिन डोर्जे, युगेन डोर्जे र पेमा जाङ्पोले गोल गरे। छैटौं प्रहार गर्न आएका छिरिम पेल्जाङको प्रहार भने साहिल गुलले बचाउँदा भुटान निरास बनेको थियो।

पाकिस्तान समूह एको विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको थियो। सेमिफाइनलमा दुवै टिमले गतिलो अवसरहरु सिर्जना गर्न सकेनन्। समूह चरणको खेलमा पाकिस्तानले नेपाललाई हराएर सेमिफाइनल प्रवेश गरेको थियो।

लामो समयको प्रतिबन्धबाट फुटबलमा फर्किएको पाकिस्तानले उमेर समूहमा पहिलो पटक फाइनल यात्रा तय गरेको हो। पहिलो पटक साफ यू(१९ को फाइनल पुगेको पाकिस्तानले उपाधिका लागि भारत र नेपालबीचको विजेतासँग खेल्ने उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। नेपाल र भारत बीचको खेल साँझ ५ः३० मा सुरु हुने छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्