‘डाक्टरलाई कुटेर आएँ’ भन्ने इन्स्पेक्टर श्रेष्ठ निलम्बित

नेपाल प्रहरी हेडक्वार्टर।

काठमाडौं-  पोखराको मणिपाल शिक्षण अस्पतालमा भएको झडपका क्रममा डाक्टरलाई कुटेर आएँ भन्दै भन्दै खुलेआम स्वीकार गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) मदन श्रेष्ठ निलम्बनमा परेका छन् ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि आफन्तले डाक्टरको हेल्चेक्र्याइँका कारण मृत्यु भएको भन्दै झडपको अवस्था सिर्जना भएको थियो । उक्त विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिँदै डाक्टर कुटेर आएको बताएका थिए।

इन्सपेक्टर श्रेष्ठलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताएका छन्। उनका अनुसार अनुसन्धानका लागि श्रेष्ठलाई निलम्बन गरिएको हो। त्यस्तै यस प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्