विद्यालयलाई वडाध्यक्षद्वारा खेलकुद सामग्री सहयोग

सिमकोट – एक जना वडाध्यक्षले माध्यमिक विद्यालयलाई खेलकुदका सामग्री सहयोग गरेका छन्। विद्यालयमा विद्यार्थीको खेलकुद क्षेत्रको विकासमा सहयोग पुर् याउनका लागि खार्पुनाथ गाउँपालिका–५ का वडाध्यक्ष भरतजंग शाहीले ती सामग्री सहयोग गरेका हुन्।
वडाको मान्धारा माविमा खेलकुदका सामग्री अभाव भएको जानकारी पाएपछि वडाको आर्थिक सहयोगमा खेल सामग्री सहयोग गरिएको बताए।

असोजमा गाउँपालिकास्तरमा हुन लागेको राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी जनाउने खेलाडीका लागि ती सामग्री सहयोग गरिएका हुन्।

जसमा १४ थान जर्सी, दुई थान भलिबल र एक थान नेट प्रदान गरिएको छ। उनले प्रतियोगितामा खेलाडीको मनोबल बढोस् भन्नका लागि खेल सामग्री सहयोग गरिएको बताए। उक्त वडामा एउटा मात्र मावि छ। विद्यालयमा आर्थिक पक्ष कमजोर रहेका बेला वडाध्यक्ष शाहीले खेल सामग्री सहयोग गरेका हुन्।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्