एमाले बागमति अध्यक्षका दाहाल र ढुंगेलको मनोनयन दर्ता

एमाले बागमति प्रदेश अध्यक्षका आकांक्षी कृष्णप्रसाद दाहाल (दायाँ) र कैशाल ढुंगेल(बायाँ)।

काठमाडौँ – एमाले बागमति प्रदेशको अध्यक्षका लागि कृष्णप्रसाद दाहाल र कैशाल ढुंगेलको मनोनयन दर्ता भएको छ।

पार्टी कार्यालय च्यासलमा रहेको अधिवेशन अध्यक्ष मण्डलको कार्यालयमा दाहाल ढुंगेलले उम्मेदवारी दिएका हुन्।

दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् भने ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ एवं समर्थकमा वचन देउजा रहेका छन्।

निर्वाचन मण्डलले निर्वाचनको कार्यतालिका सुरु हुुनअघि बुधबार बिहान सर्वसहमतिका लागि गरेको प्रयास विफल भएसँगै मुख्य नेतृत्व चयन चुनावबाटै हुने भएको हो।

निर्वाचन मण्डलका अध्यक्ष गुरु बरालको प्रयासमा बिहान भएको छलफलमा विना निष्कर्ष सकिएको थियो। चुनाव बिहीबार बिहानदेखि तोकिएको छ।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्