दिपक खड्काले दिए संखुवासभा कांग्रेस सभापतिबाट राजीनामा

काठमाडौं-नेपाली कांग्रेसका संखुवासभा जिल्लाका सभापति दिपक खड्काले पदबाट राजीनामा दिएका छन्।

खड्काले राजीनामा पत्र बुधबार पार्टी केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवालाई बुझाएका केन्द्रीय कार्यालयले जनाएको छ।

खड्का २०७८ असोजमा भएको जिल्ला अधिवेशनबाट चुनाव जितेर सभापति भएका थिए।

आफू जिल्ला सभापतिको पदमा नरहेपनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टीको बफादार सिपाहीको रुपमा निरन्तर पार्टी र जनताको काममा क्रियाशील रहने राजीनामा पत्रमा उल्लेख गरेका छन्।

असोज १०, २०८० मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्